समाचार
सुचना
थाक्रे गाउँपालिका भित्रका सम्पुर्ण नेपाल प्रहरी तथा ट्राफिक प्रहरी मित्रहरु !!
काेराेना महामारीका कारण सबैले घर घरमा वसेर सावधानी अपनाउनु पर्ने समयमा गाउँ नै अातंकित हुने गरि वाहिरवाट अनावश्यक नचिनेका मान्छेहरु गाउँ पस्ने , विभिन्न व्यक्तिहरु विभिन्न भुभागवाट गाउँ गाउँमा अाउने, र स्थानिय वासी समेतले लकडाउनकाे वेवास्था गर्दै टिपर, ट्याक्टर, साना गाडिहरु र माेटरसाईकल चलाउने तथा टाेलटाेलमा तास खेल्ने, खेलाउने,रक्सि पसलहरुमा रक्सी पिउदै हाेहल्ला गर्ने गरेकाे जानकारीहरु विभिन्न ठाउँवाट सुचना प्राप्त भईरहेकाेले यसकाे तत्काल अन्त्य गर्न तपाईं सुरक्षाकर्मीहरु निर्मम भई क्रियाशिल रहन निर्देशन गरिन्छ । नागरिकको सुरक्षा राज्यकाे दायित्व भएकाेले ताेकिएका सर्तहरु उलंघन गर्ने जाेसुकैलाई अावश्यक कार्वाही गर्नु र गराउनु समेत सम्पूर्ण सरक्षाकर्मीहरुमा अनुराेध गराईन्छ ।
थाक्रे गाउँपालिका
महादेववेशी धादिङ