समाचार
सूचना तथा समाचार
-
-
-
-
थाक्रे गाउँपालिकाकाे अत्यन्तै जरुरी सूचना :-
थाक्रे गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार एवं सम्पूर्ण शिक्षक तथा स्वयंसेवकहरु !!
तपाईंहरुलाई थाहा नै छ काेराेना भाईरसकाे जाेखिम अस्ति र हिजाे भन्दा अाजबाट बढेकाे छ । किनकी हाम्राे जिल्लामा पनि संक्रमित व्यक्ति पहिचान भएवाट हामी अझै सजग र सचेत हुनु पर्दछ । हामिलाई विश्वास छ हिजाे अाजमा यहाँहरुले अाफ्नाे वडा तथा टाेलमा गर्नु पर्ने काम र घरघरमा पुर्याउनु पर्ने सुचना एवं जानकारी पुर्याई सक्नु भएकाे छ ।
यसकाे अलवा अब अाजकाे दिनबाट काेहिपनि घरवाहिर नगई अा अाफ्नै घरमा सुरक्षित तवरले रहि सरकारकाे काेराेना भाईरसकाे महामारी विरुद्धको अभियानमा साथ र सहयाेग गर्नु गराउनु हुन समेत अनुराेध छ । स्वास्थ्यकर्मी साथिहरु पनि अाजवाट अा अाफ्नाे स्वास्थ्य संस्थामा रहनु हुन अनुराेध छ तपाईहरुसंग हामी संगै हुनेछाैं अर्थात सम्पर्कमा रहनेछाैं कुनै पनि अप्ठ्यारोमा तपाईहरु एक्लै हुनु पर्दैन । हामी सम्पूर्णले वाकी सम्पुर्ण कामहरु फाेन तथा ईन्टरनेटवाट नै संचालन गर्ने छाैं । अाजवाट काेहि पनि घर बाहिर नरहन सबैलाई जानकारी गराउन समेत अनुराेध गर्दछौं ।
थाक्रे गाउँपालिका
महादेववेशी , धादिङ -
थाक्रे गाउँपालिका भित्रका सम्पुर्ण नेपाल प्रहरी तथा ट्राफिक प्रहरी मित्रहरु !!
काेराेना महामारीका कारण सबैले घर घरमा वसेर सावधानी अपनाउनु पर्ने समयमा गाउँ नै अातंकित हुने गरि वाहिरवाट अनावश्यक नचिनेका मान्छेहरु गाउँ पस्ने , विभिन्न व्यक्तिहरु विभिन्न भुभागवाट गाउँ गाउँमा अाउने, र स्थानिय वासी समेतले लकडाउनकाे वेवास्था गर्दै टिपर, ट्याक्टर, साना गाडिहरु र माेटरसाईकल चलाउने तथा टाेलटाेलमा तास खेल्ने, खेलाउने,रक्सि पसलहरुमा रक्सी पिउदै हाेहल्ला गर्ने गरेकाे जानकारीहरु विभिन्न ठाउँवाट सुचना प्राप्त भईरहेकाेले यसकाे तत्काल अन्त्य गर्न तपाईं सुरक्षाकर्मीहरु निर्मम भई क्रियाशिल रहन निर्देशन गरिन्छ । नागरिकको सुरक्षा राज्यकाे दायित्व भएकाेले ताेकिएका सर्तहरु उलंघन गर्ने जाेसुकैलाई अावश्यक कार्वाही गर्नु र गराउनु समेत सम्पूर्ण सरक्षाकर्मीहरुमा अनुराेध गराईन्छ ।थाक्रे गाउँपालिका
महादेववेशी धादिङ -
-
-
-
-